सुरुवात’ दैनिक गोरखाबाट मिति २०६८ फाल्गुन ४ गते प्रकाशित लेख
by Krishna Gurung on Friday, February 17, 2012 at 7:52pm ·
माओवादी
अन्तरसंघर्षको पीडाकृष्ण गुरुङत्रिलाइन संघर्षको चेपुवामा एमाओवादी
भूकम्पीय जोखिमको काठमाण्डौंजस्तो थियो, कतिबेला म्याग्मा र लाभाहरुको दबाव
९ रेक्टर स्केलमा परिणत हुनेछ, भन्न सकिने स्थिति थिएन । अन्तष्करणको सत्य
जे थियो, जो अहिले देखियो यद्यपि तत्कालीन हल्लाबाजीका सडकहरु, बजारहरु
थर्मोमिटर नै पगाल्ने तापमानभन्दा माथि चढिसकेको थियो । ‘भाइ फुटे गँवार
लुटे’को उखान चरितार्थ गर्न प्रतिगमनकारी शक्ति र समूहहरु कम्मर कसेरै
तम्तयार देखिन्थे । तिनको अनुहारमा ऐतिहासिक खुसीको रंग लेपन भएको थियो
किनकी प्रतिद्वन्द्वी काँध थपथपाउन पाउनु, उक्साहटको ब्याकग्राउण्डमा खेल्न
पाउनु चानचुने कुरा थिएन । अनि यथास्थितिवादका पक्षपोषक देशी, विदेशी
मिडियाकर्मीहरुको धर्म भनौ, कर्म भनौं वा दायित्व, शीरदेखि पाउसम्मको तागत
सोहोरेर होमिए । ‘माओवादी फुट्दैछ’ को हेडलाइनमा छापाहरु जसरी रंगिन्थे,
‘अब माओवादी कहिल्यै जुट्नेछैन’ को प्रतिध्वनिमा ध्वनि मिडियाहरु
गुञ्जिन्थे । कसैले गीत बजाउन पाए, कसैले गजल लेख्न भ्याए । कसैले
साहित्यिक कोणबाट, कसैले साँस्कृतिक कोणबाट, कसैले दार्शनिक कोणबाट
विश्लेषण गरे, विवेचना गरे, व्याख्या गरे । बहुकोणिक चर्चा, परिचर्चाको
प्रेसरमा माओवादीको हालत के थियो त ? यो पनि एउटा इतिहास भइसकेको छ, एउटा
युग भइसकेको छ । त्यो अप्रिय विगत, कटु यथार्थ प्रियताको आविष्कारसहित,
सुमधुर आभाससहित आशावादी वर्तमानमा रुपान्तरित हुँदैछ । एउटा भावकको रुपमा,
एउटा पाठकको रुपमा, एउटा ग्राहकको रुपमा उभिएर हेर्दा हामीले अनर्थमा अर्थ
पायौं, डिस्अर्डरमा अर्डर पायौं, विचार र सिद्धान्तले संश्लेषित नयाँ
डिक्सनरी पायौं ।जीवित पार्टीमा अन्तरसंघर्षको ज्वारभाटाहरु उठ्नु कुनै
आठौं आश्चर्य होइन । तर ज्वारभाटाहरु सुनामीमा परिणत हुनु उचित पनि त होइन ।
सरल, सिधा मनोविज्ञान भएका सर्वहारा नेपालीको मनमस्तिष्क प्रकम्पित नभएको
होइन । अछामको साँफेबगर, डोल्पाको दुनै अनि ललितपुरको भट्टेडाँडाको
गौरवगाथाहरु पेरिसडाँडाको जगसँगै हल्लिँदा मूकदर्शक भएर हेर्ने,
प्रतिक्रियाविहीन भएर बस्ने हालतमा पनि थिएनौं । एउटै झण्डामा गोलबन्द,
एउटै ट्रेन्चमा प्रशिक्षित मास कोही सरकारमा, कोही सडकमा, कोही सत्तापक्ष,
कोही प्रतिपक्ष गजबको सिन देखियो । पौराणिक मिथकजस्तो पनि लाग्थ्यो निश्चित
विज्ञानमा चलेको पार्टीलाई । कहिले हामीमा चालीसको दशकको जस्तो विखण्डनको
त्रास रह्यो, कहिले उत्कर्षमा पुगेर पनि दुर्घटित गोञ्जालोको पेरुभियन
साइनिङ पाथको झस्को हुन पुग्यो । अनि कुनै नेतालाई लिन प्याओवादी,
ट्राटस्कीपन्थी, ख्रुश्चेभवादी अथवा देङस्याओमार्का आदि विशेषण, आरोप, गाली
वा दृष्टान्तले आरोपित गर्नेे प्रयत्न पनि भयो । राजनीतिक दस्तावेजसँगै
आरम्भ भएको अन्तरसंघर्ष भावनात्मक रुपले धेरै टाढिंदा धेरैमा बोलचाल बन्दै
भइसकेछ, धेरैमा शंकाको आँकुरा अंकुराइसकेछ, धेरैमा आशाको विघटन गराइसकेछ ।
एउटै थालमा खाना खाएका, एउटै ओछ्यानमा सुतेका सहयोद्धाहरु कांग्रेस,
एमालेभन्दा पनि ठूलो दुश्मन भइसकेछन् । अरु त अरु जनयुद्धको क्रममा शरीरभरि
गोली बोकेका, घाइते–अपाङ्ग भएका, सेनाप्रहरीको यातनाको प्रमाण नीलडामको
रुपमा बोकेका कमरेडहरु पनि यो वा त्यो गुटमा विभक्त हुँदा अब कसरी थामिन्छ,
भन्न सकिने स्थिति थिएन । हामी स्वयंले पनि भोग्यौं अन्तरसंघर्षको पीडा ।
जनताको लेभलबाट उत्तिकै कुण्ठा र वितृष्णाहरु प्रस्फुटित हुँदै थिए ।
गुटबन्दीको कारण यति ठूलो ऐतिहासिक परिवर्तन, गणतन्त्र, नयाँ नेपाल
निर्माणको प्रश्न, नयाँ संविधान लेखनको सवाल के हुने हो खतराको साइरन
बजिरहेथ्यो । सहिदको सपना तुहिने त्रास थियो । जनयुद्धकालमा पनि नभोगिएको
अन्तरकलह खुला तर संक्रमणकालीन अवस्थामा छताछुल्ल हुँदा जनताहरु पहिलोपल्ट
नराम्ररी झस्किए । यो झस्काइ शान्ति, विकास, अग्रगमन हुँदैन कि भन्ने थियो,
यो झस्काइ फेरि राष्ट्र द्वन्द्वको भुमरीमा फस्छ कि भन्ने थियो, यो झस्काइ
बुलेट र ब्यालेटको फ्युजनमा अनुमोदित पार्टी बर्बाद हुन्छ कि भन्ने थियो ।
अनि गुट, उपगुटको खेती गरिरहेका नेता तथा कार्यकर्ताहरु चुनाव प्रचारको
शैलीमा देखिएका थिए । दर्शनको तहमा राजनीति नबुझेका, ऐतिहासिक पृष्ठभूमिमा
अधिकार प्राप्ति र प्रयोगको पक्ष नबुझेका, सोझा, सिधा मनोविज्ञान भएका
जनताहरुलाई पनि जबर्जस्त कित्ताकाँट गराउने, ट्याग लगाउने प्रयत्नहरु हुँदै
थिए । आफ्नो गुटमा आएका, आफ्नो कित्तामा उभिएका, आफ्नो पक्षमा बोल्ने
मान्छे जतिसुकै खराब भएपनि सुनपानी छर्कंदै थिए । हामी ग्रासरुटका
शुभेच्छुक हुँदै गर्दा, केवल एक भोटब्याङ्क हुँदै गर्दा, सामान्य स्वयंसेवक
हुँदै गर्दा माथिल्ला तहका नेताहरु नै कित्ताकाँट नहुने मान्छे माओवादी
हुन सक्दैन भनी व्याख्या गर्ने गर्थे । कतिपल्ट त मुख नफोरौं, नबोलौं,
नखोलौं भन्दाभन्दै पनि बोल्नैपर्ने बाध्यतासमेत बनाउँथ्यो । तर मेरो
सन्दर्भमा म भनिदिन्थें, कस्तो अन्धजातीय कम्युनिष्ट भएको ? कस्तो
गैरसर्वहारा प्रश्न सोधेको ? हेर्नाेस् मैले राजनीतिक वातावरण पाउँदा म
मोटो मशालको राजनीति गर्थें, पछि बाबुराम भट्टराईको मसालसहितको एकतापछि
एकताकेन्द्र हुँदै बनेको माओवादीमा आस्था राख्छु, हामी केवल माओवादी भनौं ।
दर्जनौं पार्टीलाई एकता गराएर अध्यक्ष कमरेड प्रचण्डले पार्टीलाई यहाँसम्म
ल्याएका छन् भने उहाँले त्यतिकै टुक्रिन दिनुहोला र ? भनी म प्रतिप्रश्न
पनि गर्थें । तर मेरा शब्दहरु तत्कालीन अवस्थामा हावामा त्यसै रुमल्लिएका
थिए ।दशौं हजार नेपाली जनताका होनहार छोराछोरीले रगत बगाएको पार्टी यति
छिटै संकटमा फस्छ, कमजोर बन्दै जान्छ, खतम हुन्छ भनेर कसैले सोचेका थिएनन् ।
तर आफ्नो गुटको विचार समूहको जीत हासिल गर्न, गुटको क्रियाकलापलाई
वैधानिकता दिन, गुटलाई पार्टीमा नै रुपान्तरण गर्न भएजतिको तागत सबै लगानी
गरे, पसिना बगाए, मेहनत गरे । वर्गसंघर्ष पेचिलो बन्दै गएको घडीमा
अन्तरसंघर्ष चर्काउँदै लगे । सबै आफूलाई आधिकारिक भएको, वैधानिक भएको,
क्रान्तिकारी भएको, अग्रगामी भएको दाबी गर्थे । यो श्रृङ्खला यति उत्कर्षमा
पुग्यो कि सिंगो पार्टीकै अध्यक्षले आफ्नै पार्टीको महासचिवबाट ‘र’ को
एजेन्ट भएको आक्षेपसम्म खाए । बिहान राष्ट्रभरि नै समाचार छाउँथ्यो,
माओवादी फुट्छ । बेलुका राष्ट्रभरि नै हल्ला हुन्थ्यो माओवादी फुटिसक्यो ।
पार्टीमा मर्ने र नयाँ जन्मने क्रम जारी छ यही पार्टीका कसैले भने । पार्टी
सरकारमा जानु उचित हो यही पार्टीका कुनै नेताले भने । पार्टी सरकारमा जानु
त के संविधानसभाको बाटो हुँदै आउनु नै गलत हो यही पार्टीका केही नेताले
निश्कर्ष निकाले । चेन अफ कमाण्डसमेत उल्लंघन गर्दै वरिष्ठ उपाध्यक्षहरु नै
धोबीघाटमा जमघट भएर उर्लेपछि त के चाहियो र साधारण जनता पनि किन
केन्द्रबाट विकेन्द्रित हुँदै नजाओस्, ध्रुवीकरण नहोस् । साँच्चै कहिल्यै
खराब नठानिएका परमप्रिय नेताहरु पनि ज्यादै अप्रिय लाग्न थाले, साह्रै
खत्तम पो रहेछ त जस्तो लाग्न थाले । धोबीघाट गठबन्धनको एउटा प्राप्ति
पार्टी सरकारमा त पुग्यो तर धोबीघाट गठबन्धनको औचित्य नै समाप्त गर्दै
पार्टीभित्रकै अर्को तह प्रतिपक्षजस्तै बनिदियो । आफ्नो पार्टीको सरकारको
विरोध आफ्नै पार्टीभित्रबाट हुन थाल्यो । सेना समायोजन प्रक्रिया, विपा
सम्झौता, घर जग्गा फिर्ताको मुद्धा डा.बाबुराम भट्टराईको सरकारलाई फलामको
चिउरा हुन पुग्यो । लामो समयपछि बल्ल तल्ल माओवादी पार्टीको केन्द्रीय
समितिको बैठक बस्यो । पटक–पटक गरेर बसेको बैठकले अन्ततः पार्टीलाई एकढिका
बनायो । पार्टी फुटाएर स्वार्थ सिद्ध गर्न चाहने झुण्डको सपना गर्भमै
तुहियो । प्रतिक्रियावादका मतियारहरु, विस्तारवाद र साम्राज्यवादका घरेलु
एजेन्टहरु जो हिजो माओवादी कार्यकर्तालाई एकअर्काविरुद्ध जाइलाग्न
उत्प्रेरक बनेका थिए एकाएक धोका भएको ठानी फेरि पुरानै ढर्रामा
प्रतिक्रान्ति गर्न चाहँदैछन् । तर सौभाग्यको कुरा यतिबेला पार्टी एकढिका
भएको छ, छिटपुट र व्यक्तिगत आग्रह, स्वार्थबाहेक संस्थागत खोट लगाउनुपर्ने
स्थिति छैन । यो सन्तोषको विषय पनि त हो । नवीकृत लहरले फेरि एकपल्ट आशाको
रक्तसंचार गराउँदैछ र यही सन्दर्भसंगै जनयुद्धको बार्षिकी अर्थात् फागुन १
पनि आउँदैछ । जति पिडा, दुःख, द्वेषबाट केही समय गुज्रेको भएपनि अब भने
त्यति दुःखदायी नहोस् भनेर सम्बन्धित सबैजना सचेत हुनुपर्ने देखिन्छ ।

(हाम्रो गोरखा सन्देश गोरखा र तमू ताँ गोरखामा प्रकाशित लेख)
कृष्ण गुरुङ, बुङ्कोट, गोरखा ।
“मैले जित्नु गोरखाले जित्नु हो मैले हार्नु गोरखाले हार्नु हो” नेपाली लोकतारा २०६६को लागि नेपाल भ्रमणमा निस्कने तयारीमा जुटेका गोरखाली लोकतारा पवन गुरुङ ‘मन उपवन’को भनाइ हो यो । वि.सं.२०६६ जेठमा गोरखामा आयोजित लोकगीत प्रतियोगितामा आफ्ना प्रतिष्पर्धी गायकहरुलाई पछाडि छाड्न सफल भई प्रसिद्धिको सोपान उक्ले उनी । त्यतिबेला हौसला र प्रशंसाको आवेग थाम्न समेत हम्मे हम्मे परेको थियो उनलाई । मनभित्रको उत्कट चाहना, अथक परिश्रम एवम् साधना अनि अनन्त लगावको प्रतिफल कुनै दिन स्वर्णिम संसारमा परिणत होला भन्ने आशा त थियो तर यति चाँडै समयले त्यो ठाउँमा पुयाउला भन्ने चाहिँ सोचेका थिएनन् उनले । निकटवर्ती महिनामै हुन लागेको नेपाली लोकतारामा भाग लिएर उक्त खिताब हात पार्ने सुर कसेका गायक गुरुङ यस लेखका प्रस्तोता कृष्ण गुरुङसँग आफ्ना भूत, वर्तमान र आगामी योजना किताबको पाना झैं पल्टाउँदै यस कार्यमा आफूले सम्पूर्ण गोरखाबासीहरुबाट सहयोग, समर्थन र सल्लाहको अपेक्षा गरेको कुरा व्यक्त गर्दछन् ।
वि.सं.२०३९ मङ्सिर २० गते गोरखा जिल्लाको स्वाँरा–१ मा आफ्नो पहिलो मानव सुस्केरा उद्बोधन गरेका गुरुङका आवाजहरु अन्ततः सांगीतिक लयमा आबद्ध भए । पिता अम्बरबहादुर गुरुङ र माता नेत्रमायाको पुत्ररत्नका रुपमा स्वाँराकै पहाडी परिवेशमा आफ्ना बाल्यकालीन पलहरु बिताएका गुरुङले त्यहीँको प्रकृति, झर्ना–छहरा, तरुलतिका, द्रुम अनि निकुञ्जसँग मितेरी लगाउँदै, उकाली ओराली गर्दै आफ्नो स्वरमा जादु भरे, प्रतिभामा निखार ल्याए । हिमालय मा.वि. सौरपानीबाट माध्यमिक र दुल्लभ उ.मा.वि.घ्याम्पेसालबाट प्रवीणतापत्रको अध्ययन पूरा गरेका गुरुङ भविष्यमा साहित्यको क्षेत्रमा केही हुने, केही गर्ने असीम अठोट लिएर सांगीतिक लयमा लीन भए । अनि त त्यहीँ उनले सुर भेटाए, त्यहीँ लय पाए, त्यहीँ जीवन देखे । गाउँघरमा विभिन्न उत्सवमा गरिने नाचगान, झ्याउरे, रोधीं तथा स्कुलमा गरिने विभिन्न सांगीतिक कार्यक्रमहरुमा भाग लिदैं जाँदा अन्ततः आफ्ना आवाजलाई उन्मुक्त बनेर पवनमै लहराउन दिए उनले । दौंतरीहरु, शुभेच्छुकहरुले प्रशंसा, प्रेरणा र हौसलाका गुच्छाहरु दिए । अनि यसैबाट झनै उत्साहित बनेर गीत, संगीतमा लिप्त हुने सपना सजाए उनले । ९÷१० बर्षको कलिलो उमेरदेखि नै गीतहरु सुुसेल्न अभ्यस्त गुरुङले पहिलो रेकर्ड आधुनिक गीतबाट गरे । आफ्नै शब्द, संगीत र स्वरमा यो गीत गाएर उनले कलाको करिश्मा देखाउने कार्य गरेः म तिम्रो होइन कोही आफ्नो, म हुँ पराइ बिरानो । त्यसपछि हालसम्म गीत संगीतकै क्षेत्रमा रहेर केही गरेरै छाड्ने लालसालाई निरन्तरता दिइरहेका छन् उनले ।
नेपाली लोकसंगीतमा प्रसिद्धिको शिखर चुम्न सफल हस्तीहरु नारायण रायमाझी, खड्ग गर्बुजा मगर आदि गायक गुरुङका प्रेरणाका पात्रहरु थिए । यी गायकहरुलाई भेट्ने धोको उनमा सानैदेखि थियो । उनको स्वरको जादुबाट प्रभावित बनेका शुभेच्छुकहरुले दिएको सल्लाहले आखिर क्यासेट प्रकाशन गर्ने अवस्थासम्म पुर्यायो उनलाई । नवोदित उदीयमान यी गायकले ‘वनपाखा’ लोकदोहोरी क्यासेट वि.सं.२०५६मा बजारमा ल्याए । आफ्नै शब्द, संगीत र आफ्नै स्वरमा लोकगायिकाहरु सुर्यकुमारी गुरुङ र कमला सुब्बालाई साथ लिएर झरना संगीतमार्फत बजारमा ल्याएको यो क्यासेटमा करीब २० हजार रुपैयाँ लगानी गरे तर लगानी भने उठ्न सकेन । तर हिम्मत नहारी उनी आफ्नो लक्ष्यमा लागिपरे । पहिलो अडियो क्यासेटले स्थापना गरेको जगमा अर्को इँटा थप्दै वि.सं.२०५८मा ‘माछी खोलामा’ लोकदोहोरी एल्बम ल्याए रिमा रेकर्डिङमार्फत् । चर्चित गायिका बिमाकुमारी दुराले उनलाई यस गीतमा साथ दिएकी थिइन् । गाउँघरमा प्रचलित भाका हुनाले पनि यस क्यासेटले निकै चर्चा कमाएको थियो नेपाली सांगीतिक बजारमा । उनी अब राष्ट्रिय गायकको रुपमा स्थापित भइसकेका थिए । त्यसपछि विभिन्न समयमा उनले आफ्नै शब्द, संगीत र स्वरमा प्रस्तुत गरेका अडियो क्यासेटहरु निम्नअनुसार छन् । ‘फूलको बोट’२०५९ लक्ष्मी न्यौपानेको साथमा धौलागिरी क्यासेट सेन्टरबाट, ‘नेपाल सुन्दरी’२०६१ बिमाकुमारी दुरा र सिन्धु मल्लको साथमा धौलागिरी क्यासेट सेन्टरबाट, ‘घुम्टो ओढेर’ बिमाकुमारी दुरा र लक्ष्मी न्यौपानेको साथमा (पञ्चे भाकामा), ‘पापीमाया’ ल्याउने तयारीमा ।
“लोकसंगीत भनेको समाजको ऐना हो, यसले समाजलाई छर्लङ्ग देखाउँछ ।” भन्ने विचार व्यक्त गर्ने गायक गुरुङ आफ्नो जीवनलाई संगीत र साहित्यमा समर्पण गर्ने चाहना छ भन्छन् । संगीत सिक्ने उत्कण्ठालाई पूरा गर्न वि.सं.२०५६मा काठमाडौं प्रस्थान गरे उनी । मधुरिमा संगीत पाठशाला पुतलीसडकमा १ बर्ष क्लासिकल संगीत सिकेपछि डोरेमी संगीत पाठशालामा ४बर्षे कोर्सअन्तर्गत गुरुहरु इश्वर अमात्य, भानुभक्त ढकाल र गुरुदेव कामतको साथमा उनी हालसम्म पनि संगीत सिक्दैछन् । उनी आफू अहिले शिक्षार्थी र प्रशिक्षक दुवैको भूमिका पूरा गर्नमा व्यस्त छन् । रेडियो नेपालबाट स्वर परीक्षणमा उत्तीर्ण हुन सफल गुरुङ रेडियो नेपालबाट आफूले सोचेजस्तो सहयोग नपाएको गुनासो पनि व्यक्त गर्छन् । सांगीतिक कार्यक्रमहरु लिएर भारत, कतार लगायतका विदेश भ्रमण गरेका गायक गुरुङ लोकदोहोरीको साथसाथै आधुनिक गीतहरुको समेत एल्बम निकाल्ने सुरसाँगामा जुटिरहेका छन् । स्वरको दुनियाँमा आफूलाई खरो उतार्न सफल यी गायक बहुविध प्रतिभासम्पन्न व्यक्तित्व हुन् । उनी स्वयं शब्दहरु कोर्छन्, संगीत भर्छन् । उनी मादल, हार्मोनियम, गितार लगायतका बाजाहरु बजाउँछन् ।
संगीतको दुनियाँमा तहल्का मच्चाएपनि साहित्यको क्षेत्रमा समेत उत्तिकै पोख्त रहेछन् पवन गुरुङ । साहित्य र संगीतलाई उनी एक सिक्काको दुई पाटाको रुपमा चित्रण गर्छन् । सानै उमेरदेखि साहित्यको क्षेत्रमा कलम चलाउने गुरुङको सबभन्दा मनपर्ने विधा गजल भएपनि कथा, कविता, हाइकुसमेत उनको लेखन रुचिभित्र पर्दछ । शुक्रबारे साप्ताहिक पत्रिकामा थुप्रै गजल प्रकाशन गरेका छन् उनले । हालसम्म उनले तीन दर्जन कविताहरु रचना गरिसकेका छन् उनले तर यी अप्रकाशित अवस्थामै रहेका छन् । उनले उपन्याससमेत रचना गरेका छन् । ‘विधवाको चित्कार’ उनको अप्रकाशित सामाजिक उपन्यास हो जसलाई प्रकाशन गर्ने सोच छ उनको । साहित्यको क्षेत्रमा प्रवेश गरेर के पाए त उनले ? प्रश्नको उत्तरमा हजारौं प्रशंसकहरु पाएको, प्रसिद्धि कमाएको, पाठकहरुसँग भावनाको साइनो जोडिएको कुरा व्यक्त गर्छन् उनी । प्रतिष्पर्धामा उत्रिएर आफ्नो प्रतिभा देखाउने क्रममा वि.सं.२०६२ मा गोरखामा आयोजित बृहत् कविता प्रतियोगितामा ‘शान्ति तिमी चाँडै आउ’ शीर्षकको कविताबाट तृतीय भए भने सोही बर्ष सम्पन्न भानु जयन्तीको अवसरमा ‘कङ्कालहरु’ कविताबाट उनी प्रथम भएको थिए । जेहोस् साहित्य र संगीत कलाका दुई क्षेत्रलाई सँगसँगै अगाडि बढाउने अठोट छ उनको ।
संगीत आफ्नो जीवनको अभिन्न अंग भइसकेको स्वीकार्ने गुरुङ वि.सं.२०६१मा राष्ट्रिय स्तरको भाषाभाषीको गीत प्रतियोगितामा तृतीय भएका थिए । यसले उनलाई उर्जा एवम् हौसला दिइरहेको थियो । यसै क्रममा वि.सं.२०६६जेठमा फेरि आफ्नो प्रतिभा, आफ्नो कला, आफ्नो परिश्रमलाई जाँच्न उनी आए गोरखामा । १२० जना सहभागीलाई उछिन्दै उनी गोरखाली तारा बन्न सफल भए । त्यो उनको जीवनको महत्वपूर्ण क्षण थियो । त्यतिबेला उनले गोरखामा आफूसँग प्रतिष्पर्धा गर्न सक्ने गायकहरु छैनन् होला भनी ठानेका थिए तर गोरखामा पनि थुप्रै उत्कृष्ट कलाकारहरु रहेको र आफूले कडा प्रतिष्पर्धा गनुपरेको उनको अनुभव छ । आफू जन्मेको जिल्लामा यो पगरी गुथ्न पाउँदा कस्तो लाग्यो त ? भन्ने प्रश्नको जवाफमा यसले आफूलाई साँच्चै नै हर्षविभोर बनाएको कुरा बताउँछन् । यसले जिल्लामा मात्र नभएर राष्ट्रमा नै सुपरिचित गराएको र यही बर्ष हुन गइरहेको नेपाली लोकतारा प्रतिष्पर्धामा समग्र गोरखा जिल्लाको तर्फबाट भाग लिन पाउनु गर्वको कुरा भएको भाव व्यक्त गर्छन् उनी । यस कार्यमा गोरखाबासीहरुको सहयोग र समर्थनको अपेक्षा पनि छ उनलाई ।
गोरखामा निकै महत्वकासाथ हेरिएको गोरखाली लोकतारा प्रतियोगितामा आफू छानिएपनि यहाँ आफूले सोचेजस्तो व्यवहार नपाएकोमा भने पहिलो गोरखाली लोकताराको चित्त दुःखाइ छ । न घोषणा गरेअनुसारको पुरस्कार पाए उनले न त एल्बम निकालिदिने सर्त पूरा हुनसक्यो । आफ्नो गृहजिल्लामा प्रशस्त सहयोग, सम्मान होला भन्ने उनको सपना दृष्ट्रिभ्रम सरी बन्न पुग्यो । तर कसरी ? के पहिलो गोरखाली लोकतारा उपेक्षाको सिकार बनेकै हुन् त ? यही वि.सं.२०६६पौषमा भव्यताकासाथ सम्पन्न सातौं गोरखा महोत्सवमा उनलाई निमन्त्रणा नहुनु यसको ज्वलन्त नमूना थियो । गोरखाली लोकताराको रुपमा आफूलाई निम्तो आउँछ भनी उनले सोचेका थिए तर निम्तो नआएपछि उनी टिकट काटेर महोत्सवस्थलमा दर्शकको रुपमा छिरे । मञ्चमै गएर उनले आयोजक पक्षसँग ध्यानाकर्षण पनि गराए तर उनको अनुरोधको सुनुवाइ भएन । आयोजक सम्बद्ध श्रवणकुमार जोशीसँग पनि उनले कुराकानी गरे तर १३ वा १४ गते नभई गीत प्रस्तुत गर्न नपाउने, त्यसमा पनि १÷२ गीत गाउन दिइने भन्ने कुराले उनलाई दुःखित तुल्यायो । तमू ह्युल छोंज धिं गोरखामा समेत यस विषयमा निवेदन दिएर ध्यानाकर्षण गराए । यस्तैमा धेरै अनुरोधपछि कृष्णकुमार श्रेष्ठले उनलाई पौष १३ गते मञ्चमा पुर्याए । त्यहाँ उनलाई पृथ्वी साँस्कृतिक परिवारले माला लगाएर सम्मान गर्यो तर उनले गीत भने गाएनन् । यसरी पहिलो गोरखाली लोकताराको आवाज महोत्सवमा गुञ्जिन पाएन । जिल्लाबाट संरक्षण र सहयोग हुनुपर्नेमा उल्टै बेवास्ता गरिएकोले आफू निराश भएपनि आफूलाइ गुथाएको पगरीको उचित जगेर्ना गर्न आफ्नो तर्फबाट सक्दो कार्य गर्ने उनको प्रतिबद्धता छ । यस्तो उपेक्षात्मक कदमले भविष्यमा आउने पिँढीलाई त्यस्तो नहोस् भन्ने आशय पनि उनको छ ।
सुख र दुःखका अनन्त श्रृङ्खला भोगेका गायक तथा साहित्यकार पवन गुरुङ सात कक्षामा पढ्दाताका आफ्नी दिदीको पेवा बोको बेचेर गितार किनेको क्षणलाई आफ्नो जीवनको सबैभन्दा अविष्मरणीय क्षण सम्झन्छन् । त्यससमयको घटना सम्झदैँ उनी थप्छन्–गितार किनेर गोरखाबाट एक्लै हिँडेर गएको थिएँ । म खुसीले आनन्दित बन्दै नडराई अघि बढिरहेको थिएँ तर राती १बजे ताकुकोटको मोहरिया पुग्दा भने निकै डर लाग्यो र अगाडि बढ्न उचित नठानी त्यहीँ नजिकैको स्कुलमा रात बिताएँ, आजभोलि सम्झँदा भने आनन्द आउँछ । कलाकारिताको क्षेत्रमा लाग्दा थुप्रै दुःखकष्टहरु बेहोरेको उनको अनुभव छ । ‘‘कतिपल्ट भोकभोकै हिँड्नुपर्यो । काठमाडौं जाँदा एकरात साथी नभेटेर रत्नपार्कमा झोला सिरानी हालेर सुत्नुपर्यो । तर आफूले भेट्न चाहेको कलाकारहरु भेट्न पाउनु चाहिँ सुखको क्षण थियो’’ उनी आफ्नो जीवनको एक घटना सम्झँदै बताउँछन् ।
संगीत र साहित्यको क्षेत्रमा आफूले अझै धेरै मेहनत गर्न बाँकी रहेको गायक तथा साहित्यकार गुरुङको विचार छ । उनी यस क्षेत्रमा लाग्न चाहनेहरुलाई राम्रोसँग बुझेर र गहिरिएर मात्र लाग्ने सुझाव दिन्छन् । संगीतको संरक्षण गर्न आफू लागेको र सधँै लागिरहने उनको चाहना छ । तर आजभोलि एउटाको गीत, शब्द र भाकालाई अर्कोको नामबाट बजाउने विकृति बढेको छ, यस्तो चलनको अन्त्य गर्नुपर्छ । यस्ता विकृतिहरु रोक्न कलाकारहरु तथा मिडियामा लाग्ने सबैले ध्यान पुयाउनुपर्छ अनि कलाकारहरुलाई संरक्षण र सम्मान गर्दै कला जगत्को विकास गर्न सम्बन्धित संघ संस्थाहरु लाग्नुपर्छ भन्दै अब हुने राष्ट्रियस्तरको नेपाली लोकतारा प्रतियोगितामा सम्पूर्ण गोरखाबासीहरुबाट प्रचार–प्रसारका साथै विभिन्न सल्लाह, सुझाव र सहयोग गरिदिन उनी अनुरोध गर्छन् । यसैको लागि उनी छिट्टै नेपाल भ्रमणमा निस्कने बताउछन् ।
(हागोसको लागि कृष्ण गुरुङसँगको कुराकानीमा आधारित)
गोरखाली लोकतारा पवन गुरुङको नेपाली लोकतारा यात्रा
by Krishna Gurung on Friday, November 18, 2011 at 6:41pm ·

राजनीतिका विघटनकारी भ्रूणहरु कृष्ण गुरुङ ‘सरुवात दैनिक’ गोरखाबाट प्रकाशित
by Krishna Gurung on Monday, November 14, 2011 at 6:25am ·
राजनीतिको
चक्रवर्ती नेटवर्क रोटेपिङ घुम्नुको नियतिभन्दा फरक छैन । युग बित्छ,
पात्र बदलिन्छ, जन्मिन्छ नयाँ शब्दकोष, नयाँ परिभाषा, नयाँ हाइपोथेसिस ।
फेरि पुनव्र्याख्याको माग, परिवर्तनको आकांक्षा, क्रान्तिको नयाँ मोडलको
विज्ञापन । पुरानो लाग्छ उही एजेण्डा, जहाँबाट जन्म भएको थियो एउटा नयाँ
विचार, नयाँ प्रवाह, नयाँ श्रृङ्खला, नयाँ संसार । बेबी लाग्छ नयाँ
रुपान्तरण, ध्रुवीकरण । ‘नयाँ हौं’ र ‘पुरानो भयो’को द्वन्द्वात्मक घर्षणमा
समयका चक्काहरु त रोकिदैंनन् । राजनीतिको आयाम कति बिकसित छन् भने
व्याख्यानको लागि कुनै कोण, कुनै छेउ, कुनै ठाउँ बाँकी सायदै होला । जन्मनु
स्वयंमा राजनीति, हुर्कनु स्वयंमा राजनीति, मर्नु स्वयंमा राजनीति हो त
यसको आवश्यकता, अस्तित्व, महत्वको लेक्चर अब चार्मिङ पोयम बन्दैन । तर
राजनीतिको प्रक्रिया सही ढङ्गबाट भयो भएनको अन्तरक्रिया, बहस, छलफल, टीका
टिप्पणी, आलोचना, विवाद कहिल्यै ‘आउटडेटेड मेडिसिन’ बन्दैन । उतारचढावको
यस्तो असन्तुलित ग्राफ बनिदिन्छ राजनीति कहिलेकाँहीे, जसलाई बुझ्न साधारण
मस्तिष्कवाला हार खान्छ । दैनिक आश्चर्यका आविष्कार, अधिनूतन परिवेशको
जन्म, प्रोब्लम एण्ड सोलुसन, ट्याक्टिस एण्ड प्राक्टिस । प्रातःकालीन उषामा
रेखिएको इक्वेसन सन्ध्याकालीन आभाको समापनमा अर्कै रङ्ग र ढङ्गमा परिवर्तन
भइसक्छ । तर यति छिटो हुने परिवर्तित दृष्यहरु सहजतापूर्वक हुँदैनन्,
अपेक्षाअनुरुप हुँदैनन्, युगसमरुप हुँदैनन्, यही त छ ज्वरो उत्पन्न गर्ने
क्याटालिष्ट । सरलरेखीय यात्रामात्र गर्दो हो त अस्वाभाविक, अनपेक्षित र
निर्मम् दुर्भाग्यको शिकार हुँदैनथ्यो कि राजनीति ! लाग्छ,जबर्जस्त मोड
परिवर्तन गर्ने धुनमा मान्छेको सुखमय पलहरु स्थगित बन्ने गरेको छ, शान्तिको
श्वासमा कीरा छिर्ने गरेको छ र यथार्थको क्यान्भाष अमूर्त बन्ने गरेको छ ।
राजनीतिका महान् गुरुहरु, टेस्टेड नेताहरु, जुझारु कार्यकर्ताहरु सिद्धान्त र व्यवहारबाट विचलित हुनु दुःखद इतिहास निर्माणको कारक बन्ने गरेको छ । ती नेताहरुमात्रै विश्वनायक बने जो अन्तिमसम्म संघर्षको पर्याय बने, समयको प्रवक्ता बने, सिद्धान्तलाई व्यवहारमा अनुकरण गरे । गरिब, दुःखीहरुका सारथिको नै इतिहास स्वर्णिम अक्षरमा कुँदिए । कार्लमाक्र्स, लेनिन, स्टालिन, माओ, होचि मिन्ह, किम इल सुङ, फिडेल क्यास्ट्रो, चे ग्वेभारा अन्तर्राष्ट्रिय जगत्का यस्ता बिम्ब बने जसको सम्झना जुगजुगान्तर गरिन लायक छ, जसको पदचाप अनन्तसम्म पछ्याइन लायक छ । हिटलर, मुसोलिनी, इदिअमिन जस्ता दम्भी, धक्कुबाज र क्रोधीहरु रावणको आधुनिक अवतार नै त भए, जसको नाम भय, सन्त्रास, विरोध, आक्रोस, तिरस्कार र घृणाको प्रतीकभन्दा अरु के रह्यो र ! ती मानवसमाजको कलंक, समाज विघटनको खलपात्र बनेर संसारलाई यातनागृहमा परिणत गर्ने नालायक हुन्, जसले आफ्नो इगोको खातीर संसारलाई ठूला ठूला युद्धमा होमेर थुप्रै मानवजाति, समुदाय र राष्ट्रको विध्वंस गराए । यो अन्तर्राष्ट्रिय जगत्मा देखापरेको कुप्रवृत्ति हाम्रो राष्ट्रिय इतिहासले पनि अन्धानुकरण गर्दैछ, त्रासदीको गुत्थी त यहाँ पो छ ! राणाकाल होस्, पञ्चायतकाल होस्, बहुदलकाल होस् अथवा लोकतन्त्रकाल पात्र फरकफरक प्रवृत्ति एउटै, मञ्च फरक फरक अभिनय उस्तै । कोतपर्वमा जन्मेको जङ्गबहादुरदेखि नारायणहिटी काण्डबाट शीर उठाएको ज्ञानेन्द्रसम्मका प्रतिनायकहरु अन्तरकलहको कोर्सबाटै सत्ताको खजाञ्ची बने । आकस्मिक दुर्घटनाको नाममा लुकाए षड्यन्त्रको यथार्थ । तर हेर्दाहेर्दै प्रतिगामी बनेका, हिँड्दाहिँड्दै प्रतिक्रान्तिकारी बनेका राजनीतिक आवरणका अवसरवादीहरुले पनि नेपाललाई दयनीय हालतमा पुर्याएको देख्दा यो के भएको हो भनी त्रसित हुनेको पपुलेसन बढ्दैछ नेपालमा ।
वैचारिक स्पष्टता हरेक पार्टीको एकताको तत्व बन्ने गर्छ तर अनावश्यक आक्षेपका हेडलाइनहरु, प्रायोजित भ्रमका विज्ञापनहरु विघटनकै तहमा पुग्ने गर्छ । भाइभतिजामा पदविभाजनको झगडा नै राणाशासनको समाप्तिको बीउ थियो । कुर्सीको लालसा नै पञ्चायत विग्रहको निहुँ बन्यो । काङ्ग्रेस कमजोर हुनु वा एमाले पतनको दिशामा घचेटिनु अन्ततः अस्वस्थ अन्तरसंघर्षकै परिणति थिए । वि.सं. २०५१ मा शक्तिशाली बहुमतीय काङ्ग्रेस सरकार ७४ र ३६ मा विभाजित भएर ढल्यो । पार्टी फुट्यो । एमाले पनि विभाजनकै रोगबाट थलियोे, चिराचिरा भयो । एक एक गर्दै जम्मै पार्टीहरु फुटको यही बाटोका यात्री भए । मधेसका दलहरु काँक्रो झैं चिरिएको देख्दा नागरिकको मनमा राजनीतिक पार्टीहरु यसैगरी चिरिन्छन् भन्ने आशंका पैदा हुने गरेको छ । बिडम्बना त त्यहाँ छ, जहाँ माओवादीजस्तो विद्रोहको भट्टीबाट आएको पार्टी पनि यही त्रासदी मच्चाउने हालतमा पुग्यो । भुल्न खोजियो गुटबन्दीका थुप्रै जमघटहरु तर त्यसमा पूर्णविराम चिन्ह लाग्न सकेन, धोबीघाटको किनारसम्म पुग्दा त झण्डै घाटमै विसर्जन भएथ्यो माओवादी ! तर दूरदर्शी र विवेकपूर्ण कदमले विखण्डनको त्रासको तत्काल नियोजन त भयो यद्यपि फुटको अवस्थामा नपुगेपनि एउटा अल्पविरामभित्र अस्तित्व रक्षाको द्वन्द्वात्मक तनावबाट ग्रसित त छँदैछ माओवादी ।
कम्युनिस्टमा दुई लाइनको वैचारिक संघर्ष जीवन्त पार्टीको प्रक्रिया मानिन्छ । माक्र्स, लेनिन, माओ सबै नेताहरुले भिन्न विचारसँगको परस्पर संघर्षबाट नै आफ्नो दर्शन, मूल्य र मान्यतालाई स्थापित गरे । विचारको संघर्ष हुनु त पर्छ नै । आत्मसंघर्ष र अन्तरसंघर्षले नै वर्गसंघर्ष जित्ने आधार तय गर्दछ । तर जनताको मुक्तिको सवाललाई विकेन्द्रमा मिल्काएर पद, प्रतिष्ठा, पैसा, पावर, पोजिसनको लागि विद्रोहको भाषा बोल्ने, अलगावको धम्की सुनाउने, भौतिक आक्रमणको निर्मम् गर्जन गुञ्जाउने, गुटबन्दी गर्ने कार्य सुल्टो दिशामा हिँडेको संकेत होइन । अझ माओवादीजस्तो एउटा प्रष्ट विज्ञानमा चलेको पार्टीले कहिलेकाँही विज्ञानलाई छाडेर मनोविज्ञानको वक्ररेखा हिँड्न खोज्दा अनपेक्षित घर्षण भएन र ? स्वस्थ प्रतिष्पर्धालाई स्वागत गर्न सकिन्छ तर जबर्जस्त ढङ्गबाट आउने व्यक्तिवादी अराजकता, अनुशासनको उल्लंघन, स्तुतिगानको भक्तालु शैली, गालीगलौजको अश्लील शब्दकोष, अन्धभक्तिको पाखण्डपन, विखण्डनको बीजारोपण, जनताबाट विच्छेदन, सहयोद्धाप्रतिको असहिष्णुता, असामाजिक बर्बराहट, बेनामी आरोपका गोयवल्स ठेली, पदलोलुपताबाट सिर्जित घुमाउरो आक्रोस सदैव बहिष्करणको पाटो हो । रुपान्तरणको महान् प्रक्रियामा सामेल हुनुको बदलामा अन्तरकलहमा लिप्त हुनु असभ्यपन त हुँदै हो, सर्वहारा दृष्टिकोणप्रतिको चरम उपेक्षा, उदासीनता र जिम्मेवारीपनको घोर अटेरीपन पनि त हो । ती जो जनताको नामबाटै नेतृत्व हुनुको दावी गरिरहेछन् तर यथार्थ धरातलमा जनताको वास्तविक दिनचर्यासँग किन विच्छेद छन् ? राजनीतिभित्रको राजनीति, क्रान्तिभित्रको क्रान्ति पनि सजीवताकै लक्षण होला यद्यपि छलफलबाट टुङ्ग्याउन सकिने विषयवस्तु सडकनाटक किन किन बनिरहेछ ? के यसले दुःखान्त नाटकको सिर्जना गर्दैन र ?
सीमा, कमीकमजोरी सबैमा हुन्छन् । सबै मान्छे हाम्रा, हाम्रा सबै राम्रा पनि त हुँदैनन् । त्रुटिपूर्ण स्टेपहरुलाई सच्याएर आफ्नो गन्तव्यको लागि एकजुट हुनु नै क्रान्तिकारीहरुको आदर्श हो, व्यवहार हो । माओले भन्नुभएकै छ, सच्याइएको गल्ति सुध्रिएर जान्छ, नसच्याइएको गल्ति कुहिएर जान्छ । व्यवहारमा सबैले यही मर्मलाई आत्मसात् गरे अहिले चलिरहेको तमाम् विकृति, असमानताको अन्त्य नहुने कुरै छैन । तर वर्तमानमा माओवादी लगायत विभिन्न दलहरु अझ विशेष गरेर कम्युनिष्टहरुमा हुने गरेको अन्तरसंघर्षको अस्वस्थपन र प्रमुख नेतामाथिको गालीगलौज त भयानक असभ्यपनको महामारी बन्दैछ । यो सफलताको शिखर चुम्ने लक्षण नभएर अवनतिको फेदीमा पतन हुने उदाहरण मात्रै हो । अस्थीरतामा राष्ट्र फसाएर कसैको भविष्य सुरक्षित हुनेवाला छैन । क्रान्तिकारी कम्युनिष्टलगायत सबै पार्टीहरुमा विघटनकारी जुन भू्रणहरु अंकुराउँदैछन्, राष्ट्र र मानवसमुदायकै विनाशको कारक तत्व बन्न सक्ने सम्भावना रहेको हुँदा चनाखो भएर प्रतिवाद सक्नुपर्छ नेपाली जनताले ।

0 comments:
Post a Comment