रोकी कहाँ रोकिन्छ र यात्रा जिन्दगीको
तलमाथि हुनसक्छ मात्रा जिन्दगीको
कसैको त गाली सुन्दा उर्जा मिलेजस्तो
कसैलाई हेर्ने धून जात्रा जिन्दगीको
कोही खान्छन् ठगी कोही बोली बेची
तालतालका छन् छात्रा जिन्दगीको
नदुखेनि दुख्यो भन्नेलाई देख्दा भने
लाग्छ उल्ट्याइदिऊँ बाइमात्रा जिन्दगीको
गीत
त्यही हात फूल थियो त्यही हात काँडा भयो
त्यही मुटु नजिक थियो त्यही मुटु टाढा भयो
¤¤¤ ¤¤¤
पुरिएका खाल्डो पनि भासिएर जान थाल्यो
बिर्सिएका घाउ पनि बल्झिएर दु:ख्न थाल्यो
जताततै पराई देख्छु समयले धोका दियो
दु:खमाथि पिर थपी आफ्नो मान्छे टाढा भयो
¤¤¤ ¤¤¤
त्यही बात साथ थियो त्यही बात घात भयो
त्यही साँझ मात थियो त्यही साँझ रात भयो
¤¤¤ ¤¤¤
पाहुनालाई बास दिँदा
आफ्नै मुटु नास गरयो
सँगै हाँस्यौ रुने बेला एक्लो छाडी ओझेल परयो
थोरै क्षणको न्यानो ताप्दा धेरै चिसो लाग्यो
एकैछिनको भेट पनि जिन्दगीलाई भारी पुग्यो
¤¤¤ ¤¤¤
एउटा सानो छाप पनि कति ठूलो पाप भयो
मेरो आगो दुनियाँलाई हात सेक्ने राप भयो
¤¤¤ ¤¤¤
त्यही मुटु नजिक थियो त्यही मुटु टाढा भयो
¤¤¤ ¤¤¤
पुरिएका खाल्डो पनि भासिएर जान थाल्यो
बिर्सिएका घाउ पनि बल्झिएर दु:ख्न थाल्यो
जताततै पराई देख्छु समयले धोका दियो
दु:खमाथि पिर थपी आफ्नो मान्छे टाढा भयो
¤¤¤ ¤¤¤
त्यही बात साथ थियो त्यही बात घात भयो
त्यही साँझ मात थियो त्यही साँझ रात भयो
¤¤¤ ¤¤¤
पाहुनालाई बास दिँदा
आफ्नै मुटु नास गरयो
सँगै हाँस्यौ रुने बेला एक्लो छाडी ओझेल परयो
थोरै क्षणको न्यानो ताप्दा धेरै चिसो लाग्यो
एकैछिनको भेट पनि जिन्दगीलाई भारी पुग्यो
¤¤¤ ¤¤¤
एउटा सानो छाप पनि कति ठूलो पाप भयो
मेरो आगो दुनियाँलाई हात सेक्ने राप भयो
¤¤¤ ¤¤¤
0 comments:
Post a Comment