कविताको सामान्य परिचय समेटिएको
हर्क बहादुर कबितामाथि मेरो तर्क हो यो
खण्ड ‘क’
नेपाली कविता
१. कविताको परिचय (परिभाषा र तत्वहरु)
कविताको परिचय
कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर
कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कविद्वारा रचित वा कविको कर्म
भन्ने अर्थ वहन गर्दछ । अंग्रेजीमा एयभतचथ, ल्याटिनमा एयभतष्अक, ग्रीकमा
एयष्भतष्पयक शब्दले बुझाउने कविता कविको रचना विशेष जनाउने शब्द हो ।
लोकजीवनसँग सम्बन्धित लोकगीत कविताको पूर्वरुप भएको कुरामा विश्लेषकहरु
सहमत देखिन्छन् । पूर्वीय साहित्य जगत्मा ऋग्वेद, महादभारत र रामायण तथा
पश्चिममा इलियड र ओडेसी कविताका वृहत् आकारका कृतिहरु हुन् । प्राचीनकालमा
साहित्य भन्नेबित्तिकै काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले
गद्यात्मक वा पद्यात्मक कृतिलाई जनाउँछ ।
मानव समाज र सभ्यताको
आरम्भसँगै कविता विधाको जन्म र विकास हँदै आएको हो । आजको समयमा कविता
विधालाई हेर्ने दृष्टिकोणमा धेरै विकास भइसकेको पाइन्छ । पूर्वमा आचार्य
भामहदेखि जगन्नाथ र पश्चिममा अरिस्टोटलदेखि आइ.ए. रिचर्डससम्मका
विद्वानहरुले विभिन्न तरिकाले कवितालाई परिभाषित गर्ने जमर्को गरेका छन् ।
परिभाषाहरुमा अनेक मत भएपनि कवितामा कला र भाव मुख्य दुई पक्ष रहने
कुरालाई सबैले स्वीकारेका छन् । कला कविताको बाह्य संरचनासँग सम्बन्धित छ
भने भाव आन्तरिक पक्षसँग । यी दुई पक्षको संयोजनबाट नै एउटा कविता तयार
हुन्छ ।
कविताको परिभाषा
कविताको परिभाषा गर्ने क्रममा
पूर्वीय तथा पाश्चात्य विद्वानहरुले विभिन्न धारणाहरु व्यक्त गरेका छन् ।
तीमध्ये केही परिभाषाहरु निम्नअनुसार छन् ः
१. शब्द र अर्थले संयुक्त रुप काव्य हो । – भामह
२. सुन्दर अर्थयुक्त पदावली नै काव्य हो । – दण्डी
३. रसात्मक वाक्य नै काव्य हो । – विश्वनाथ
४. चमत्कारयुक्त अर्थरुप नै ध्वनि नै काव्य हो । – आनन्दवर्धन
५. काव्यगुणले भरिपूर्ण भएको शब्दार्थ नै काव्य हो । –मम्मट
६. बाङ्गो र घुमाउरो ढङ्गबाट व्यक्त भएको उक्ति नै काव्य हो । – कुन्तक
७. कवितको आत्मा रीति वा शैली हो । – वामन
८. रमणीय अर्थ प्रदान गर्ने शब्द नै काव्य हो । – जगन्नाथ
९. अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो । – वर्डस्वर्थ
१०. कल्पना र संवेगद्वारा गरिने जीवनको व्याख्या नै काव्य हो ।
– हड्सन
११. गण मिलाइएको संरचना नै कविता हो । – जोन्सन
१२. कविता भनेको जीवनको समालोचना हो । – मैथ्यु अर्नाेल्ड
१३. भावनाको बौद्धिक कोमलता कविता हो । – बालकृष्ण सम
१४.
मीठो कविताको बोली चराको बोलीझैं लाग्दछ । कविता निष्प्रयत्न कविताको
लयदार मिठास र मोहनीले हृदयलाई इन्द्रेणीले पक्रेर लगेझैं लाग्दछ ।
– लक्ष्मीप्रसाद देवकोटा
१५. शब्द र संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो । – माधवप्रसाद घिमिरे
कवितासम्बन्धी चर्चा–परिचर्चालाई हेर्दा पूर्वीय र पाश्चात्य दुवैतिरका
विद्वानहरुले कविताको दुई पक्ष कला र भावलाई जोड दिएका छन् । फरक फरक
तरिकाले कवितालाई चिनाउने काम भएपनि सबैको परिभाषालाई समेट्दा कवितालाई
यसरी परिभाषित गर्न सकिन्छ – भाषाका माध्यमद्वारा प्रस्तुत गरिने कविको
स्वानुभुतिको कोमल, कलात्मक र रसात्मक अभिव्यक्ति नै कविता हो ।
कविताका तत्वहरु
कविता निर्माण हुने अवयवहरुलाई नै कविताका तत्वहरु भनिन्छ । कविताको संरचना पूर्ण हुनको लागि निम्न तत्वहरु आवश्यक पर्दछ ः
१.भाव÷विचार
भाव÷विचार कविताको मूल वस्तु हो । भाव÷विचारविना कविता बन्न नै नसक्ने
हुँदा यो कविताको मुख्य तत्व नै हो । भाव भन्नाले कविताको शब्दशब्दमा
अन्तरनिहित शक्ति भन्ने बुझिन्छ । यो कविताको मेरुदण्ड वा केन्द्रीय तत्व
हो । भाव कविताको विषयवस्तुमा आधारित रहन्छ । भावले शब्द–शब्द र समग्र
रचनाको अर्थ प्रकट गर्दछ । सर्जकले मनमा उठेका तरङ्ग, विचार, भावलाई
कलात्मक ढङ्गमा प्रस्तुत गर्ने क्रममा नै कविता प्रष्फुटित हुन्छ । कविताका
पाठकहरुको लागि भाव नै मूल वस्तु भएकोले कवितामा भाव÷विचार अनिवार्य तत्व
हो ।
२.शीर्षक ः शीर्षकले कुनै पनि समग्र रचनाको प्रतिनिधित्व गरेको
हुन्छ । यो संक्षिप्त र प्रतीकात्मक हुन्छ । कृतिमा वर्णन भएको विषय र
शीर्षकको सङ्गति मिल्नुपर्छ । शीर्षकले कविता कस्तो छ भन्ने जानकारी गराउँछ
।
३.लयात्मकता ः लय कविताको महत्वपूर्ण तत्व हो । लय भनेको कविता
उच्चारणका क्रममा उत्पन्न हुने सांगीतिक स्वर हो । कवितामा प्रयोग हुने
छन्द, अनुप्रास आदि लय निर्माणका घटकहरु हुन् । पद्यकवितामा पाउ, श्लोक र
छन्दले लय सिर्जना गराउँदछन् भने गद्यकवितामा वर्ण र शब्दको पुनरावृत्ति
तथा अन्तरअनुप्रासका माध्यमले लय सिर्जना हुन्छ । कविताको आस्वादमा
प्रभावकारिता र रोचकता थप्नु नै लयको मुख्य कार्य हो । कवितालाई अन्य
विधाभन्दा भिन्न देखाउने प्रमुख तत्व नै लय भएकाले लय कविताको महत्वपूर्ण
तत्व हो ।
४. भाषाशैली ः भाषा विचार आदानप्रदानको सशक्त माध्यम हो
भने शैली अभिव्यक्तिको एक प्रकार । भाव अभिव्यक्तिको क्रममा भाषाशैलीले
महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । भाषाशैलीले कवितालाई लयात्मक
बनाउँछ । कवितामा सोझो भनाइभन्दा वक्रअभिव्यक्तिलाई प्राथमिकता दिइन्छ ।
गद्यात्मक र पद्यात्मक दुवै शैलीमा कवितात्मक भाषा हुन जरुरी छ । जसमा
बिम्ब, अलङ्कार तथा प्रतीक आदि व्यक्त हुन्छ । भाषाशैलीले कवितालाई
प्रभावकारी बनाउँछ । शैली व्यक्तिपिच्छे फरक फरक हुन्छन् । सरल, आलङ्कारिक,
नाटकीय, वर्णनात्मक आदि शैली कवितामा प्रयुक्त हुन्छन् ।
५.
दृष्टिविन्दु ः दृष्टिविन्दु कविताको अभिव्यक्तिको प्रक्रिया हो । कविले
कविता पाठकसम्म पु¥याउन कुन रुपमा गरेको छ, कसको वर्णन गरेको छ भन्ने
आधारमा दृष्टिविन्दु निर्धारित हुन्छ । प्रथमपुरुष दृष्टिविन्दु उपयोग
गरिएको कवितामा म, हामी तथा तृतीयपुरुष दृष्टिविन्दु प्रयुक्त कवितामा ऊ,
त्यो, उनी, तिनी आदि सर्वनाम प्रयोग गरिएको हुन्छ ।
नेपाली कविताको विकासक्रम
नेपाली कविता लेखनको सुरुआत पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँगै भएको
पाइए पनि नेपाली भाषाले लेख्यरुप पाउनुभन्दा अघि प्रचलित लोकगीत, लोकगाथा,
भजन, बालुन आदि नै कविताको प्रारुप थियो । लोकजीवनमा प्रचलित लोकगीत,
लोकगाथा गाउने र मनोरञ्जन गर्ने प्रचलनले नेपाली कविताको विकासमा मद्दत
पु¥याएको हो । नेपाल एकीकरणसँगै रघुनाथ भाट, सुवानानन्द दास आदिबाट नेपाली
कविता लेखन थालिएको हो । नेपाली वाङ्मयको विकास अठारौं शताब्दीदेखि हुन
थालेको हो । तत्कालीन कविहरु लोकपरम्पराबाट बढी प्रभावित भएको पाइन्छ ।
नेपाली भाषामा फेला परेको अहिलेसम्मको पुरानो कविता कवि सुवानन्द दासको
‘पृथ्वीनारायण’ हो । वीरगाथामा आधरित यो कविता वि.सं. १८२५ तिर रचना गरिएको
मानिन्छ । सुवानन्द दासबाट थालिएको नेपाली कविताको विकासक्रमलाई
विद्वानहरुले मुख्यतः तीन कालमा विभाजन गरेका छन् ।
१. प्राथमिक काल – वि.सं. १८२५ देखि १९४० सम्म
२. माध्यमिक काल – वि.सं. १९४१ देखि १९७४ सम्म
३. आधुनिक काल – वि.सं. १९७५ देखि हालसम्म
१. प्राथमिक काल
नेपाली कविताको प्राथमिक काल पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानसँगै
थालिएको हो । पृथ्वीनारायण शाहले देखाएको वीरताको गुणगान गाउँदै कवि
सुवानन्द दासले लेखेको ‘पृथ्वीनारायण’ कविता नै नेपालीमा लेखिएको पहिलो
कविता हुन पुग्यो भने शक्तिवल्लभ अज्र्याल, उदयानन्द अज्र्याल आदिले पनि
सुवानन्द दासकै प्रवृत्तिलाई पछ्याए । प्राथमिक काल मोतीराम भट्टको उदय
हुनुपूर्वसम्म विस्तारित रहेको पाइन्छ । यस कालमा सुन्दरानन्द बाँडा,
राधावल्लभ अज्र्याल, गुमानी पन्त, वीरशाली पन्त, वसन्त शर्मा, हीनव्याकरणी
विद्यापति, रघुनाथ पोख्रेल, रामभद्र पाध्या, भानुभक्त आचार्य, पतञ्जली
गुज¥याल आदि कविहरुको उदय भएको पाइन्छ । प्राथमिक काललाई पनि दुई भागमा
वर्गीकरण गर्न सकिन्छ ।
(क) वीरधारा काल
(ख) भक्तिधारा काल
(क) वीरधारा काल (वि.सं.१८२५–१८७१)
नेपाली कविताको इतिहासको आरम्भमा वीरतापूर्ण भाव भएका वीर रसयुक्त कविता
लेखिए । तत्कालीन परिवेशको प्रभाव नै यसको कारण थियो । पृथ्वीनारायण शाहले
नेपाल एकीकरण अभियान चलाएको समयमा त्यस कार्यमा भाग लिने सैन्यहरुको आत्मबल
बढाउन एवं पृथ्वीनारायण शाहको प्रशंसा गरी केही प्राप्त गर्न पनि तत्कालीन
कविहरुले वीर भावका कविता रचना गरेको पाइन्छ । वीरधाराकाल वि.सं. १८२५
देखि अंग्रेजसँगको सुगौली सन्धिकाल वि.सं.१८७१ सम्म रहेको छ । सुवानन्द
दासको ‘पृथ्वीनारायण’ कवितासँगै आरम्भ भएको यस धाराका अन्य कवि तथा
कविताहरुमा शक्तिवल्लभ अज्र्यालको ‘तनहूँ भकुण्डो’, उदयानन्दको ‘पुरानु
बातको अर्जी’, अज्ञात कविको ‘साँढ्याको कवित्’, सुन्दरानन्द बाँडाको
‘त्रिरत्न सौन्दर्य गाथा’, यदुनाथ पोखरेलको ‘गोर्षा सेना वर्णन’, गुमानी
पन्तको ‘धन्य गोरखाली राजा’, रामचन्द्र पाध्याको लक्ष्मी धर्म सम्वाद आदि
रचनाहरु उल्लेखनीय छन् । यस धाराका कविताहरुमा युद्धको वर्णनका साथै
राष्ट्रिय एकता र राष्टप्रेम झल्किएको पाइन्छ । कवितात्मक अभिव्यक्तितर्फ
उन्मुख मौलिकताको स्पर्श गर्ने कोसिस यस कालका कविताका मुख्य प्रवृत्तिहरु
हुन् । यस समयमा फुटकर कविताको साथै खण्डकाव्य र महाकाव्यकै स्तरमा कविता
रचना भएको पाइन्छ ।
(ख) भक्तिधारा काल (वि.सं.१८७२–१९४०)
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको क्रममा वीरवन्दनाका कविताहरु
लेखिए भने नेपाल अंग्रेजको युद्धपछि भएको सुगौली सन्धिबाट भक्तिधारामा
आधारित कविताहरु लेखिन थाले । युद्ध र सन्धिले ल्याएको नैराश्यता र पीडाको
अभिव्यक्ति स्वरुप इश्वरप्रति भक्तिभाव देखाउने कविता सिर्जना गर्न थालियो ।
धार्मिक ग्रन्थहरु जस्तै पुराण आदि कविता सिर्जनाका आधारस्रोतहरु हुनपुगे ।
ईश्वरको साकार र निराकार दुवै रुपको वर्णन, भाषा परिष्कारमा अभाव, लोकछन्द
र शास्त्रीय छन्दमा कविता सिर्जित कविताहरु भक्तिधाराकालका कविताका
विशेषताहरु हुन् ।
भक्तिधाराकाललाई पनि तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।
१. कृष्णभक्तिधारा
२. रामभक्तिधारा
३.निर्गुण भक्तिधारा
१. कृष्ण भक्तिधारा
कृष्ण भक्तिधाराका कविहरुले ‘कृष्ण’लाई आधार मानेर कविताको सिर्जना गरेका
छन् । श्रीकृष्णको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना
भावना व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । यस कालमा
कृष्णभक्तिलाई कवितात्मक अभिव्यक्ति दिने कविहरु इन्दिरस, विद्यारण्यकेशरी
अज्र्याल, वसन्त शर्मा लुइटेल, वीरशाली पन्त, यदुनाथ पोखरेल, हीनव्याकरणी
विद्यापति, पतञ्जली गजु¥याल आदि हुन् । य धाराका प्रमुख तथा केन्द्रीय
प्रतिभा वसन्त शर्मा लुइटेल हुन् । यस धारामा इन्दिरसको गोपीको स्तुति
(१८८४), विद्यारण्यकेशरी अज्र्यालको ‘युगगीत’, वसन्त शर्मा लुइटेलको
श्रीकृष्ण चरित्र (१८८२) र समुद्र लहरी (१९०१), वीरशाली पन्तको
‘विमलबोधानुभव’, यदुनाथ पोख¥यालको ‘कृष्णचरित्र’, हीनव्याकरणी विद्यापतिको
‘गीतवाणी’ (१८८८), ‘गीत गोविन्द’ (१८८८), पतञ्जली गजु¥यालको हरिभक्तमाला,
जैमिनी भारत आदि कविता कृतिहरु प्रख्यात छन् ।
२. रामभक्तिधारा
श्रीरामको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना
व्यक्त गर्ने कविहरु यस धाराअन्तर्गत पर्दछन् । रामभक्ति धाराका केन्द्रीय
कविका रुपमा भानुभक्त आचार्यलाई लिइन्छ । उनले संस्कृत भाषामा लिखित
‘रामायण’ को नेपाली भाषामा अनुवाद गरेका थिए । नेपाली भाषामा लेखिएको
रामायण नेपालीको पहिलो महाकाव्य पनि हो । अनुवाद र मौलिकताको दोसाँधमा
रहेपनि रामायणले नेपाली कविता साहित्यमा विशिष्ट स्थान राखेको छ । यसको
साथै आचार्यका भक्तमाला (१९१०), प्रश्नोत्तर (१९१०), रामगीता (१९२५) आदि
कृतिहरु छन् । यस भक्तिधाराका अर्का सशक्त कवि रघुनाथ पोख¥याल हुन् । यिनले
रचना गरेको ‘सुन्दरकाण्ड’ मा रामभक्तिको उत्कृष्ट नमूना पेश गरेका छन् ।
३. निर्गुण भक्तिधारा
नेपाली कविताको विकास प्रक्रियामा निर्गुण भक्तिधारा पनि महत्वपूर्ण धारा
हो । यो धाराको आरम्भ जोसमनी सन्तका रचनाबाट भएको हो । यो धाराका कविहरुले
सामाजिक अन्धविश्वासको चर्को विरोध गरेको पाइन्छ । हिन्दू वर्णाश्रम
व्यवस्थाप्रति तीक्ष्ण प्रहारमा यस धाराका कविहरुको कलम चलेको पाइन्छ ।
सन्त कविहरुको मुख्य उद्देश्य जातिगत विभेद, अत्याचार, दुराचारको विरोध र
मानवतावादको समर्थन गरी मुक्तिको चाहना राख्नु हो । निर्गुण भक्तिधाराका
कविहरुले अदृश्य सत्तामाथि विश्वास गर्दै ‘ब्रह्म’ वा मनलाई ईश्वरको रुप
मानेका छन् । यस धाराका केन्द्रीय प्रतिभा ज्ञानदिलदास हुन् भने अन्य
कविहरुमा शशिधर, अगमदिलदास, अखण्डदिलदास आदि पर्दछन् । सन्त ज्ञानदिलदासले
‘उदयलहरी’(१९३४), ‘झ्याउरे’, ‘टुङ्ना भजन’ आदि कृतिहरु रचना गरेको पाइन्छ ।
‘झ्याउरे भजन’ मा उनले लेखेका छन् –
यो रुम्जाटारको कोदाको पीठो निर्गुनको दाउन
धर्म र कर्म गुरुङले ग¥यो छक् प¥यो बाहुन ।
यस्तै
शशीधरको ‘वैराग्याम्बर’, अगमदिलदासको ‘सोह्र निर्गुण कविता’,
अखण्डदिलदासको ‘पाँच निर्गुण भजन’ आदि यस धाराका अन्य रचनाहरु हुन् ।
नेपाली कविताको प्राथमिक कालका प्रमुख विशेषता
- लेख्य कविताको प्रारम्भिक प्रयास÷लेख्य युगको थालनी,
-वीर र भक्ति रसका कविताहरुको रचना
-तत्कालीन शासकका वीरताको स्तुति,
-संस्कृत साहित्यलाई मूल आधार मानेर नेपालीमा कविता सिर्जना,
-पुराण, धर्मशास्त्र, पूर्वीय दर्शनलाई आधार बनाई पर्याप्त अनुवाद र रुपान्तरण,
-अनुवाद रुपान्तरणका माझबाट मौलिकतातिर उन्मुख
-ईश्वरका साकार र निराकार रुपको कवितात्मक वर्णन,
-सचेतताका साथ साहित्यिक वातावरण निर्माण नहुँदा नहुँदै पनि कविता लेखन,
-वीरता र भक्तिका गाथा गाउँदै विशिष्ट काव्य शैलीको निर्माण गर्नेतिर प्रवृत्त,
-लोकलय र शास्त्रीय छन्दको प्रयोग,
-हिन्दी, ब्रज, मैथिली मिश्रित टुटेफुटेको नेपाली भाषाको प्रयोग ।
२. माध्यमिक काल
नेपाली कविताको इतिहासमा माध्यमिक कालको थालनी वि.सं. १९४१ मा मोतीराम
भट्टको आगमनसँगै भएको मानिन्छ । नेपाली कविताको प्राथमिक काललार्य लेखोटको
काल भनिन्छ भने माध्यमिक काललाई छापाखानाको युगको रुपमा चिनिन्छ ।
वि.सं.१९४१ मा मोतीराम भट्टले भानुभक्त आचार्यद्वारा लिखित रामायणको
‘सुन्दरकाण्ड’ छपाएपछि नेपाली कविताको मुद्रण युग आरम्भ भएको हो । मोतीराम
भट्टले सुरुमा भारतेन्दु हरिश्चन्द्रबाट प्रभावित भएर मोतीमण्डलीको गठन गरी
नेपाली कवितामा श्रृङ्गारिक कविता र समस्यापूर्ति लेख्ने कार्यमा आकृष्ट
भएका हुन् । यस कालमा श्रृङ्गारिक कविता रचिएको पाइन्छ । नेपालको इतिहासमा
तत्कालीन शासक वगृर्् भोगविलासी भएकाले उनीहरुको मनोरञ्जन र सुखका लागि
श्रृङ्गारिक कविताहरु लेखिए ।
समस्या पूर्ति, जीवनी लेखन,
पत्रपत्रिका सञ्चालन गरी गीत र गजल लेखनक्रमको थालनीका साथै अरुलाई
प्रोत्साहित गर्ने मोतीरामको योगदान उल्लेखनीय रह्यो । उनको पिकदूत,
कमल–भ्रमर संवाद, भ्रमर गीत आदि प्रमुख छन् । यसकालमा अनुवादभन्दा बढी
मौलिक कविताहरु रचनातर्फ कविहरु प्रेरित भएको पाइन्छ । माध्यमिक कालको अवधि
वि.सं.१९४१ देखि वि.सं.१९७४ रहेको पाइन्छ ।
माध्यमिक काललाई
वि.सं. १९४१ देखि वि.सं.१९६० सम्मको अवधि लाई पूर्वार्ध र वि.सं. १९६१ देखि
१९७४ सम्मको अवधिलाई उत्तरार्ध कालको रुपमा वर्गीकरण गरिन्छ । पूर्वार्ध
कालमा मोतीराम भट्ट र उत्तरार्ध कालमा शम्भूप्रसाद ढुङ्गेल प्रमुख
व्यक्तिको रुपमा चिनिन्छन् । शम्भूप्रसाद ढुङ्गेल पनि श्रृङ्गारिक कविकै
रुपमा कहलिए । उनको ‘शंभोजनमाला’ र ‘वेश्यावर्णन’ जस्ता श्रृङ्गारिक रचना
प्राप्त छन् । यस कालका अर्का प्रतिभा लक्ष्मीदत्त पन्त हुन् । यिनले
पत्रपत्रिकामा कविता, गजल आदि प्रकाशन गरेको पाइन्छ ।
यस्तै
माध्यमिक कालका अन्य कविहरु गोपीनाथ लोहनीको ‘संगीतचन्द्रोदय’, ‘गफाष्टक’,
तेजबहादुर रानाको ‘श्लोकसंग्रह’, आदि कृतिहरु उल्लेख्य छन् । यस कालका अन्य
प्रतिभाहरु नरदेव पाण्डे, तीर्थराज पाण्डे उल्लेख्य मानिन्छन् । त्यसबाहेक
शिखरनाथ सुवेदी, लक्ष्मीदत्त पन्त, पहलमानसिंह स्वाँर, केदारनाथ खतिवडा,
कृष्णप्रसाद रेग्मी, शम्भूप्रसाद ढुङ्गेल आदिले माध्यमिककालीन कवितालाई
उर्वर पारेको पाइन्छ ।
यसरी माध्यमिक कालमा श्रृङ्गारिक धाराकै
बाहुल्य रहेको पाइन्छ । यसका केन्द्रीय व्यक्ति मोतीराम भट्टले कविमण्डलीकै
गठन गरेर कविताको विकासमा मद्दत पु¥याएका छन् । जीवनी लेखन, समालोचना
गर्ने प्रक्रिया, समस्या पूर्तिमा आधारित कविता लेखन आदि यही कालमा थालनी
भएको पाइन्छ ।
नेपाली कविताको माध्यमिक कालका प्रमुख विशेषताहरु
- सामूहिक रुपमा कविता लेख्ने कार्यको थालनी
- संस्कृतबाट अनुवाद गर्ने कार्यको निरन्तरता,
- मुख्य रुपमा श्रृङ्गारिक भाव र गौण रुपमा नैतिक, औपदेशिक तथा भक्तिभाव रहेको,
- वर्णनात्मकताको आधिक्य,
- तुकबन्दी, शाब्दिक आवृत्ति तथा अन्त्यानुप्रासमा बढी जोड,
- परिष्कारतर्फ सामान्य चेष्टा,
- संस्कृत, हिन्दी, उर्दू, फारसी आदि मिश्रित भाषाको प्रयोग बाहुल्य,
- आंशिक रुपमा देशप्रेम र जातीय गौरव गान एवं ईश्वर भक्ति,
- पारस्परिक, व्यक्तिगत, जातिगत आलोचना, प्रशंसा र गुणगान,
- कवितात्मक अभिव्यक्तिमा सामूहिक सहभागिता,
- युगीन परिवेशको व्यङ्ग्यात्मक प्रस्तुतिमा रुचि ।
हर्क बहादुर कबितामाथि मेरो तर्क हो यो
‘हर्कबहादुर’ कवितामा हर्कबहादुरले कस्ता नेपालीहरुको प्रतिनिधित्व गरेको छ, आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस् ।
‘हर्कबहादुर’ कविता नेपाली साहित्यका प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं.२०१६) द्वारा रचित उत्कृष्ट रचना हो । मानवता, राष्ट्रियता र सामाजिक समस्यालाई केन्द्रविन्दु बनाई कविता सिर्जना गर्ने कवि अधिकारीका अन्तरका छिटाहरु, इन्द्रजात्रा, धर्तीको गीत, अतिरिक्त अभिलेख, आदिम आवाज, मन र मोडहरु आदि कविता तथा गीत संग्रहहरु प्रकाशित छन् । नेपालीको राष्ट्रिय तथा सामाजिक समस्यालाई विषयवस्तु बनाई लेखिएको यस ‘हर्कबहादुर’ कवितामा कविले हर्कबहादुरलाई गरिब तर स्वाभिमानी, निम्नवर्गीय तर मेहनती, दुःखी तर करुणाले युक्त पात्रको रुपमा चित्रित गरेका छन् ।
आफ्नो मातृभूमिलाई प्राणभन्दा प्यारो ठान्ने नेपालीहरुले यथार्थमा भने दुःख, पीडा र वेदनाको जीवन बाँचिरहेको कुरालाई कविले यस कवितामा दर्शाएका छन् । हर्कबहादुर एक नेपाली किसान हो, श्रमिक हो र मजदुर पनि हो । हर्कबहादुर बहुआयामिक भूमिका भएको व्यक्ति हो । हिमाल, पहाड, तराई समग्र नेपालको प्रतिनिधित्व गर्ने हर्कबहादुरले अन्य निम्नवर्गीय नेपालीहरुले झैं जीवन जिउने गर्छ । अरुले दुःखमा आफूलाई सहयोग नगरेपनि अरुको भने सक्दो मद्धत गर्छ हर्कबहादुर । गाउँघरमा विभिन्न नामले पुकारिने हर्कबहादुर वास्तविक नामलाई ढाकेर बर्षाैं बाँच्दछ । यसबाट नेपाली जनताले आफ्नो परिचय र पहिचानलाई कसरी भुल्नुपरेको छ भन्ने व्यङ्गय यहाँ गरिएको छ । पौरखी हर्कबहादुर एकाबिहानै खेतबारीमा काम गर्न पुग्छ । पसिनाको धारा बहाएर धर्ती हराभरा बनाउँछ । तर उसलाई एकछाक खान र एकसरो लाउन पनि मुश्किल पर्ने गरेको छ । सभासम्मेलनमा झण्डा बनाएका कपडाले हर्कबहादुरको नाङ्गो आङको धज्जी उडाइरहेको हुन्छ तर मान्छेमा मानवता हराएकोले, सामाजिक तथा राजनीतिक कार्यकर्ता उदासीन बन्दै गएकोले हर्कबहादुर अभावमै बाँच्न विवश छ, भोको, नाङ्गो भएरै हिँड्न बाध्य छ । हर्कबहादुरको जस्तो अभाव, पीडा, दुःख, वेदना, रोग, भोक, शोकको जीवन करोडौं नेपालीले बाँचिरहेका छन् तर यस देशका ठूलाठालू, सम्भ्रान्त, शासक वर्ग यी समस्याका पहाड खार्ने कोशिस कहिल्यै गर्दैनन् । बरु तिथि, मिति र बारसम्म पनि थाहा नपाउने निर्दाेष हर्कबहादुर जस्ता सोझो व्यक्तिलाई झापड लगाएर दमन गर्ने काम गरिन्छ । हर्कबहादुर अभाव र दुःखको पर्याय बनेको छ । त्यसैले हर्कबहादुर स्वयंमा देश हो र देशको हालत हर्कबहादुरको जीवन जस्तै नाजुक छ भन्ने कविको आशय छ ।
हर्कबहादुरको छोरीलाई सर्पले डसेको समय राष्टियताको नारा घन्काउनेहरुले वास्ता नगरेको, छोरो विदेशिंदा स्वाधीनताले रोक्न नसकेको अनि घरखेत बगाउँदा नागरिकताले थेग्न नसकेको कुरा उल्लेख गर्दै कविले नेपालीहरुले भोग्नुपरेको कारुणिक र दारुण अवस्थाको चित्रण गरेका छन् । हर्कबहादुरजस्ता निर्दोष , सोझा नेपालीलाई शिकार बनाएर एकलव्यको जस्तो हालत बनाएको वर्णन पनि कविले यहाँ गरेका छन् भने नेपालको जुनसुकै ठाउँमा भेटिने हर्कबहादुरलाई आफ्नी पत्नीको सिन्दूर पोतेले सलाम गरेर सम्मान गर्न चाहेको कुरा पनि यहाँ कविले व्यक्त गरेका छन् । यसरी हर्कबहादुरमार्फत् एकातिर श्रम गर्ने श्रमिकले उचित मूल्य नपाएर जीवनको गुजारा गर्न कष्टकर भएको कुरालाई साह्रै मार्मिक ढङ्गबाट व्यक्त गरिएको छ भने अर्काेतिर नेपालका किसान, मजदुर र श्रमिकहरुले स्वाधीनता, आत्मसम्मान र गौरवको अनुभूति गर्न नसकेको कटु यथार्थलाई कलात्मक पाराले उतारेका छन् कवि अधिकारीले ‘हर्कबहादुर’ कवितामा ।
गद्य शैलीमा लेखिएको ‘हर्कबहादुर’ कविता सरल, सम्प्रेष्य र व्यङ्गयात्मक छ । नेपाली समाजमा प्रचलित बिम्ब र प्रतीकको प्रयोगले कविता उत्कृष्ट बनेको छ । कविता गद्यमा भएपनि अन्तर्लय भेटिन्छ जसले थप मिठास थपेको छ कवितामा । समाजमा निस्वार्थ, निश्छल, इमानदार, असल र सोझासिधा नेपालीले भोग्नुपरेको कारुणिक जीवनको जीवन्त चित्रण गर्नु नै यस कविताको उद्देश्य हो ।
0 comments:
Post a Comment